• Tuesday 6th of October 2026

भारतीय नौसेनाले १९ पाकिस्तानी सवार जहाजलाई सोमालियाका समुद्री डाकूबाट बचायो


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय युद्धपोत आईएनएस सुमित्राले सोमालियाको पूर्वी तटमा समुद्री डाकूबाट अर्को माछा मार्ने जहाजमा रहेका १९ पाकिस्तानी नागरिकको उद्धार गरेको छ । आईएनएस सुमित्राद्वारा संरक्षित जहाजमा इरानको झण्डा लगाइएको थियो।

आईएनएस सुमित्रा सोमालियाको पूर्वी क्षेत्र र एडेनको खाडीमा पाइरेसी र सुरक्षा अभियानका लागि तैनाथ गरिएको छ। समाचार एजेन्सी पीटीआईले भारतीय नौसेनाका प्रवक्ता कमाण्डर विवेक मधवाललाई उद्धृत गर्दै सोमालियाको पूर्वी तटमा समुद्री डाकूहरू विरुद्धको अर्को अपरेशन सफल भएको बताएको छ।

आईएनएस सुमित्राले माछा मार्ने जहाज अल नाइमी र जहाजमा रहेका १९ चालक दलका सदस्यहरूलाई उद्धार गरेको छ। यससँगै ११ सोमाली लुटेरा पनि पक्राउ परेका छन् ।

कमाण्डर मधवालका अनुसार ३६ घण्टा भित्र आइएनएस सुमित्राले दोस्रो पटक अरब सागरमा अपहरण भएको जहाज र त्यसका चालक दलका सदस्यलाई उद्धार गरेको हो । जसमध्ये १७ इरानी र १९ पाकिस्तानी सदस्य थिए । जनवरी २८ मा आईएनएस सुमित्राले एक इरानी जहाजलाई अपहरण हुनबाट बचाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖