• Tuesday 6th of October 2026

दक्षिण कोरिया नजिकै अमेरिकी लडाकु जहाज दुर्घटना


  • धनकुटा खबर
  • .

अमेरिकाको लडाकु जहाज दुर्घटना भएको छ । रुसी विश्व च्यालन आरटीका अनुसार जहाज दक्षिण कोरिया नजिकै अमेरिकी सैन्य आधार शिवि नजिकै दुर्घटना भएको हो ।

बुधबार बिहान अमेरिकाको नामी एफ–१६ जहाज दुर्घटनामा परेको हो । दुर्घटनामा परेपनि पाइलट भने सकुसल इजेक्ट हुन सफल भएका थिए ।

अमेरिकाको दुर्घटना भएको लडाकु जहाजको घटना पछिल्लो एक वर्षमा यो तेस्रोपटक हो । पछिल्लो दुर्घटना गत मे महिनामा भएको थियो । दुर्घटना भएको बारेमा अमेरिकी अधिकारीहरुले समेत पुष्टि गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖