• Tuesday 6th of October 2026

अन्य अभिनेत्रीलाई पछि पार्दै दिपिका बलिउडको सय करोड क्लबमा समावेश


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री दिपिका पादुकोण र ऋतिक रोशन अभिनीत फिल्म ‘फाइटर’ ले हालसम्म १२७ करोड भारू कमाएको छ। फिल्म प्रदर्शन भएको चार दिनमै सय करोड क्लबमा प्रवेश गरेको थियो।

योसँगै अभिनेत्री पादुकोण बलिउडको सय करोड क्लबमा समावेश भएकी छन्। उनले अभिनय गरेका तीन फिल्महरू ब्लकबस्टर बनेका छन्।

पादुकोणले अभिनय गरेका तीन फिल्मले लगातार सय करोडभन्दा धेरै कमाएका छन्। २०२३ मा प्रदर्शन भएका फिल्महरू ‘पठान’ र ‘जवान’ पनि सय करोड क्लबमा प्रवेश गरेका थिए। यी दुई फिल्ममा दिपिकाको मुख्य भूमिका छ।

भारतीय सञ्चारमाध्यमहरूको अनुसार दिपिकाले अभिनय गरेका तीन फिल्मले लगातार ब्लकबस्टर बनेसँगै उनले बलिउडका अन्य अभिनेत्रीहरूलाई पछि पारेकी छन्।

फाइटर’ पछि दिपिका दक्षिण भारतीय फिल्म ‘कल्कि २८९८ एडी’ मा काम गर्दै छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖