एजेन्सी । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् ।
जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले उनलाई पक्राउ गरेको हो ।
हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गएराति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा समेत दिएका छन् ।
ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।
