• Tuesday 6th of October 2026

जहाज अपहरण गर्ने समुद्री डाकुहरूको प्रयासलाई भारतीय नौसेनाले विफल पार्‍यो


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय नौसेनाले शुक्रबार सोमालियाको पूर्वी तटमा अर्को जहाज अपहरण गर्ने समुद्री डाकूहरूको प्रयासलाई विफल पारेको छ। भारतीय नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार जनवरी ३१ मा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो।

यो जहाजमा सात समुद्री डाकू चढेका थिए र चालक दलका सदस्यहरूलाई बन्धक बनाएका थिए। भारतीय नौसेना आरपीएले यस क्षेत्रको अनुगमन गरिरहेको थियो । त्यसपछि आईएनएस शारदा यस क्षेत्रमा एन्टी पाइरेसी मिशनमा तैनाथ गरिएको थियो।

आईएनएस शारदाले एफभी ओमारीलाई रोक्यो र समुद्री डाकूहरूलाई जहाज छोडेर भाग्न बाध्य पार्‍यो । एफभी ओमारीमा इरानी झण्डा थियो । त्यो माछा मार्ने जहाज रहेको बताइएको छ ।

यसअघि जनवरी २९ मा भारतीय नौसेनाले सोमालियाको पूर्वी तटमा एउटा जहाज अपहरण गर्ने समुद्री डाकुहरूको प्रयासलाई विफल पारेको थियो। त्यस क्रममा २९ पाकिस्तानी नागरिकलाई भारतीय नौसेनाले उद्धार गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖