• Tuesday 6th of October 2026

लालकृष्ण आडवाणीलाई भारत रत्न सम्मान दिने घोषणा


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा देशका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मान गर्ने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले सोसल मिडिया साइट एक्समा यसको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘लालकृष्ण आडवाणी जीलाई भारत रत्नबाट सम्मानित गरिने जानकारी दिन पाउँदा मलाई धेरै खुशी लागेको छ। मैले उहाँसँग पनि कुरा गरेँ र उहाँलाई यो सम्मानबाट सम्मानित भएकोमा बधाई दिएँ।

आडवाणी जी, हाम्रो समयका सबैभन्दा सम्मानित नेताहरू मध्ये एक हुनुहुन्छ । भारतको विकासमा उनको योगदान अविस्मरणीय छ। तल्लो तहमा काम गर्नेदेखि उपप्रधानमन्त्री भएर देशको सेवा गर्ने उहाँको यात्रा सुरु भएको हो । उहाँले गृहमन्त्री र सूचना तथा प्रसारण मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको छ । उहाँको संसदीय यात्रा अनुकरणीय र समृद्ध दृष्टिकोणले भरिएको छ ।’

आडवाणी भारत रत्न पाउने ५० औँ व्यक्ति हुन्। करिब १० दिनअघि २३ जनवरीमा बिहारका पूर्व मुख्यमन्त्री कर्पूरी ठाकुरलाई भारत रत्न दिने घोषणा गरिएको थियो । केन्द्र सरकारले एक वर्षमा बढीमा तीन जनालाई भारत रत्नको सम्मान दिन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖