• Monday 5th of October 2026

चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?


  • धनकुटा खबर
  • .

छालामा निखार ल्याउन होस वा तौल घटाउन, दुबै कुराका लागि चुकन्दर निकै उपयोगी छ।

चुकन्दर खानेबारे मानिसका मनमा जिज्ञासा आउन सक्छ, चुकन्दरलाई सलादका रूपमा खाने वा जुसका बनाएर पिउने। चिकित्सकका अनुसार जुनसुकै रूपमा खाए पनि चुकन्दर शरीरका लागि निकै लाभदायी छ। मस्तिष्कमा रगत प्रवाहमा सन्तुलन ल्याउने कारण मस्तिष्कको काम पनि तन्तुरुस्त बनाउँछ ।

कलेजो र पेटको सफाइ चुकन्दरले पेट र कलेजोको सफाइ गर्छ । चुकन्दरले शरीरमा रगतको प्रवाह र अक्सिजनको प्रवाह सन्तुलन गर्ने भएकाले यसको जुस सेवन गर्नाले दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

यसमा कुनै पनि प्रकारको क्यालोरी नहुने भएकाले यसले तौललाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । सुन्दर छाला चुकन्दरमा भिटामिन सी, भिटामिन बी जस्ता तत्व पाइने भएकाले यसले उमेरसँगै देखिने छालाका विभिन्न समस्याहरुबाट बचाउँछ । र छालामा आउने विभिन्न प्रकारका समस्याहरुबाट पनि बचाउँछ ।

चुकन्दर उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि उपयोगी छ। चुकन्दर र गाजरको जुस बनाएर पिउने गर्दाले शरीरलाई प्राकृतिक चिनी प्राप्त हुन्छ। र रक्तचाप पनि नियन्त्रण राख्न मदत गर्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖