• Tuesday 6th of October 2026

विवाह बन्धनमा बाँधिए रमेश बिजी


  • धनकुटा खबर
  • .

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा लोक गायक रमेश बिजी विवाह बन्धनमा बाँधिएका छन् ।

बिजीले स्याङ्जा निवासी हाल अष्ट्रेलियामा बस्दै आएकी शर्मीला श्रेष्ठसँग माघ २१ गते बिहे गरेका हुन् ।

उनले आइतबार राती बिहेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आफन्त तथा साथीभाइले बधाई तथा शुभकामना दिइरहेका छन् ।

गायन मात्र नभएर लोक तथा आधुनिक गीत लेखनमा समेत ख्याति कमाएका उनका ‘सरर पानी घट्टमा’, ‘बचनको घाउ’, ‘म हुरीमा दियो’ लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖