• Friday 9th of October 2026

नेपाललाई पाँचौं सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी क्यानडा विरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई पाँचौँ सफलता प्राप्त भएको छ ।

नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङको पहिलो विकेटमा नेपाललाई पाँचौं सफलता मिलेको हो । यसअघि ३२ औं ओभरमा कप्तान रोहित पौडेलले दुई सफलता दिलाएका थिए ।
तामाङको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा यो पहिलो विकेट हो ।

उनले खेलेको ३५ औं ओभरको पाँचौं बलमा हर्ष थक्करको विकेट लिएका हुन् । उनले हर्षलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

उनले बिहीबार क्यानडाविरुद्ध डेब्यु गरेका थिए । पहिलो खेलमा विकेटबिहीन भएका सूर्यले दोस्रो खेलमा आज विकेट लिएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖