• Tuesday 6th of October 2026

होटलमा प्रमीलाको हत्या गरेर प्रेमी फरार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परिन् । ४५ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा उनी मृत भेटिइन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीलालाई ‘प्रेमी’ले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले प्रमीलाको हत्या भएको बताए । उनले भने–‘हत्या गरेर आरोपी होटलबाट भागेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖