• Tuesday 6th of October 2026

वालिङमा दुर्गेश थापाले खाए दर्शकको जुत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ – स्टेज पर्फमका क्रममा दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ।

शनिबार स्याङ्जाको वालिङमा आयोजित महोत्सवमा राति ‘डन आयो डन’ गीत गाउन स्टेजमा चढेका बेला दुर्गेशलाई जुत्ता हानिएको हो।

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा प्रस्तुति दिइरहेका बेला थापालाई दर्शकदिर्घाबाट एकजनाले जुत्ता हानेका हुन्।

एकजना दर्शक प्रकाश डुम्रेले स्टेजमा जुत्ता हानेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। जुत्ता हानेका डुुम्रेलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। डुम्रेले आफूले मदिरा पिएकाले उत्तेजित भएर जुत्ता हानेको बताएका छन्।

जुत्ता हानिए पनि दुर्गेशलाई लागेको थिएन। उनी जुत्ता हानिएपछि पनि स्टेजमा उफ्रिँदै गीत गाइरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖