• Tuesday 6th of October 2026

दक्षिण भारतीय फिल्ममा डेब्यू गरेसँगै जान्हवीले बढाइन् पारिश्रमिक


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री जान्हवी कपूरले दक्षिण भारतीय फिल्ममा डेब्यू गर्ने भएकी छन्। उनले दक्षिण भारतीय अभिनेता जूनियर एनटिआरको फिल्म ‘देवरा पार्ट १’ बाट डेब्यू गर्न लागेकी हुन्।

उनले योसँगै रामचरणको फिल्म ‘आरसी १६’ मा अभिनय गर्ने भएकी छन्। उनकी आमा अभिनेत्री श्रीदेवीले पनि दक्षिण भारतीय फिल्मबाट अभिनय सुरू गरेकी थिइन्।

दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छन्। भारतीय सञ्चारमाध्यम जनभारत टाइम्सका अनुसार उनले एनटिआरको फिल्मको लागि १० करोड भारू पारिश्रमिक लिएकी छन्। यो फिल्म अप्रिलमा रिलिज हुनेछ।

जान्हवीले २०१८ मा बलिउड फिल्म ‘धडक’ बाट अभिनय सुरू गरेकी थिइन्। हाल प्रदर्शन भइरहेको फिल्म “तेरी बातों में ऐसा उलझा जिया’ मा उनको छोटो भूमिका छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖