• Tuesday 6th of October 2026

नेपाली विद्यार्थी सवार कार दुर्घटना हुँदा २ जना मृत्यु..


  • धनकुटा खबर
  • .

काठमाडाैं । क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य ८ विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने त्यहाँको प्रहरीले जनाएको छ।ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो। दुर्घटनापछि लन्डन क्षेत्र बस्दै आएका नेपाली विद्यार्थी स्तब्ध भएका छन्। घाइते आठ जनामध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖