• Tuesday 6th of October 2026

आमिर खानका छोरा जुनैदसँग बलिउडमा डेब्यू गर्दै साई पल्लवी


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले बलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन्।

उनले अभिनेता आमिर खानका छोरा जुनैद खानसँग बलिउडमा डेब्यू गर्न लागेकी हुन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मको नाम तय भएको छैन। तर जापानमा फिल्मको छायांकन भइरहेको छ।

फिल्मको सेटबाट साई पल्लवी र जुनैदको तस्बिर बाहिरिएको छ। उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भाइरल भइरहेको छ।
केही समयअघि साई पल्लवीले रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ बाट बलिउडमा डेब्यू गर्ने बताइएको थियो। तर यस फिल्ममा जान्हवी कपूर अनुबन्धित भइसकेकी छन्।

जुनैदको यो फिल्म दोस्रो हो। उनले आदित्य चोपडाको फिल्म ‘महाराज’ मा अभिनय गरिसकेका छन्। सिद्वार्थ पि मल्होत्राले निर्देशन गरेको फिल्म ‘महाराज’ यही वर्ष रिलिज छ।

साई पल्लवीले थुप्रै दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी छन्। उनी चर्चित अभिनेत्री हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖