• Tuesday 6th of October 2026

दीपशिखाको प्रस्ताव- मस्यौदा विधान पुनर्लेखन गरौँ, परिवारका सदस्य सचिवालयमा नियुक्ति गर्ने प्रवृत्ति रोकौंं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सरकारी निकायका पुगेको कुनै पनि व्यक्तिले परिवार तथा नातागोताभित्रका सदस्यलाई सचिवालय वा आफ्नो क्षेत्राधिकारका निकायहरूमा मनोनयन वा नियुक्ति नपाउने प्रस्ताव गरेको छ।

प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति सोही कार्यकालमा कुनै पनि तहमा मनोनयन हुन नपाउने प्रस्ताव राखेका हुन्।

उनले एक व्यक्ति सरकारका कुनै पनि निकायमा समान जिम्मेवारीमा १ पटक र फरक क्षेत्रको जिम्मेवारी गरी २ पटक भन्दा बढी नियुक्त गर्न नपाइने, सरकारी ओहोदामा रहँदा लागेका गम्भीर आरोपहरूको छानबिन पार्टीको अनुशासन आयोगले समेत गर्नुपर्ने, एक व्यक्ति संघ र प्रदेश गरी तीन पटक मात्रै सरकारमा सहभागी हुन पाउने उनको प्रस्ताव छ।

उनले पार्टीमा एक व्यक्ति–एक कार्यकारी जिम्मेवारी नीति लागु गर्नुपर्ने भन्दै प्रस्तावित विधान पुनर्लेखन गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖