• Tuesday 6th of October 2026

शर्मिला श्रेष्ठलाई कृष्ण कंडेलले प्रमाण सहित फर्काए कडा जवाफ, आरोप पुष्टि गरेर देखाउन दिए चुनौती


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे ।

‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’ पहिले आफूलाई भगवान् भन्ने व्यक्तिले अहिले किन राक्षस भनिरहेको छन् भन्दै त्यो आफूले बुझ्न नसकेको कँडेलको भनाई थियो ।

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖