• Tuesday 6th of October 2026

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले यी व्यक्तिलाई हाले अदालतमा मुद्दा


  • धनकुटा खबर
  • .

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गराएको भन्दै उक्त कार्यक्रमका पूर्व कलाकारहरू विरुद्ध मुद्दा दायर गरेका छन् । कँडेलले कलाकार शर्मिला श्रेष्ठसहित छ जना विरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

यसअन्तर्गत कँडेलले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाएका छन् । मुद्दामा कँडेलले फेसबुक लाइभ तथा पत्रकार सम्मेलन गरी आफ्नो प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले आफू, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जत भएको भन्दै उल्लेख गरेका छन् ।

”विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्जतीकाे गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ,” मुद्दामा लेखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖