• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पुनरावेदनको अन्तिम तयारीमा सन्दीप


  • धनकुटा खबर
  • .

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय हुने जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भइरहेको छ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पुनरावेदन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘अब यो हप्ताको अन्त्यसम्म पुनरावेदन दर्ता गराउँछौँ होला’, मंगलबार बिहान अधिवक्ता घिमिरेले नेपालखबरसँग भने।

उनले जिल्ला अदालत काठमाडौँले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै उच्च अदालत पाटनले फैसला उल्टाउनेमा आफू विश्वस्त रहेको दाबी पनि गरे।

‘जिल्ला अदालत काठमाडौँको फैसलामा उल्लेख प्रमाणका आधार कमजोर छन्’, उनले भने, ‘प्रमाणका आधारमा होइन, भावनाका आधारमा फैसला गरिएको छ, त्यसैले पुनरावेदनपछि यो फैसला बदर हुनेमा विश्वस्त छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖