• Tuesday 6th of October 2026

रहेनन् भारतीय अभिनेता ऋतुराज सिंह


  • धनकुटा खबर
  • .

भारतीय अभिनेता ऋतुराज सिंहको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सोमबार राति हृदयाघातका कारण उनको मृत्यु भएको हो। उनी ५९ वर्षका थिए।
उनी पछिल्लो समय टेलिशृंखला ‘अनुपमा’ मा देखिएका थिए। शोमा उनले यशपालको भूमिका निर्वाह गरेका थिए।

उनले ‘अपनी बात, ज्योति, हिटलर दिदी, शपथ, वारियर हाई, आहट, अदालत, दीया और बाती, ये रिश्ता क्या कहलाता है’ जस्ता टेलिशृंखलामा काम गरेका छन्। उनले रियालिटी गेम शो ‘तोल मोल के बोल’ होस्ट समेत गरेका थिए।

उनले ‘बद्रिनाथकी दुल्हनिया, यारियां २, थुनिवु’ जस्ता फिल्ममा समेत काम गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖