• Tuesday 6th of October 2026

दोस्रो सन्तानका आमाबुबा बने अनुष्का र विराट


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली दोस्रो सन्तानका आमाबुबा बनेका छन्।

मंगलबार अनुष्का र विराटले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत् यसबारे जानकारी गराएका हुन्।

अनुष्काले १५ फेब्रुअरीमा आफूले छोरालाई जन्म दिएको बताएकी छन्। छोराको नाम उनीहरूले अकाय राखेका छन्।

‘अपार खुसी प्रेमका साथ हामी जानकारी गराउन चाहन्छौं कि यही १५ फेब्रअरीमा हाम्रो दोस्रो सन्तान र वामिकाको भाइ अकायको जन्म भएको छ,’ उनीहरूले लेखेका छन्, ‘हामी जीवनमा सुन्दर पलहरू आऊन् भनेर तपाईंहरूको आशीर्वाद र शुभकामना चाहेका छौं। अनि हाम्रो निजी जीवनको सम्मान गरिदिन पनि अनुरोध गर्छौं।’

पछिल्लो समय अभिनेत्री अनुष्का फिल्मबाट टाढिएकी छन्। उनी आगामी फिल्म ‘चकदा एक्सप्रेस’ को छायांकन सकेर बसेकी हुन्।

अनुष्का र विराटका पहिलो सन्तान वामिकाको जन्म २०२१ जनवरी माभएको थियो। तर उनीहरूले अहिलेसम्म आफ्नी छोरीको तस्बिर सार्वजनिक गरेका छैनन्।

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटालीमा पुगेर विवाह गरेका थिए।

उनीहरूको जोडीलाई अधिकांश भारतीयले मन पराउँछन्।

कतिपय प्रशंसकले विराट र अनुष्काको जोडीलाई ‘विरूस्का’ नामले चिन्ने गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖