• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमबाप्पे अर्को सिजनबाट रियल म्याड्रिड जान सहमत


  • धनकुटा खबर
  • .

फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे सिजनको अन्त्यसँगै स्पेनिस क्लब रियल म्याड्रिडमा जान सहमत भएका छन्।

फ्रान्सका २५ वर्षीय कप्तानले पिएसजीलाई गत जुनमा आफ्नो सम्झौताको म्याद नसकिँदै क्लब छाड्न चाहेको बताएका थिए। तर क्लबले उनलाई छाड्न दिएको थिएन।

एमबाप्पेले रियलसँग अझै सम्झौता गरेका छैनन्।
विश्वकप विजेता एमबाप्पे पिएसजीका कीर्तिमानी गोलकर्ता हुन्। उनले पिएसजीका लागि २४४ गोल छन्।

उनी रियलसँग एक सिजन १५ मिलियन युरो कमाउने र पाँच वर्षमा १५० मिलियन युरो साइनिङ बोनस पाउने गरी पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा छन्।

यदि क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले यो सिजन क्लब छाडे भने एमबाप्पेले १० नम्बरको जर्सी पाउनेछन्।

एमबाप्पेले २०१७ मा १८ वर्षको उमेरमा पिएसजीमा आबद्ध हुनु अघि मोनाकोबाट फ्रान्सेली लिग उपाधि जितेका थिए।

समग्रमा उनले पिएसजीबाट २९१ खेलहरूमा २४४ गोल र ९३ असिस्ट गरेका छन् र क्लबलाई पाँच लिग वा उपाधि जिताउन मद्दत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖