• Wednesday 7th of October 2026

च्याट जीपीटीको मुड खराब : प्रयोगकर्तालाई अनौठो जवाफ दियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुख्खा, चर्को घाम र उराठलाग्दो वातावरणमा प्रायः मान्छेलाई लाई दिक्क लाग्छ । आफूलाई मन नपर्ने व्यक्ति, चिज वा स्थिति – मान्छे पिच्छे मुड खराब गराउने कयौँ तत्त्व हुन्छन् । यो मानवीय गुण नै हो । कहिलेकाहीँ रोबोटको पनि दिमाग खराब हुन सक्छ । तपाईँले कहिले कृत्रिम बौद्धिकता (एआई)को मुड खराब भएको सुन्नु भएको छ ?

बुधबार दुनियाँको सबैभन्दा लोकप्रिय एआई टुल च्याट जीपीटीले अनौठो व्यवहार गर्‍यो । च्याटजीपीटीको यस्तो व्यवहार देखेर युजरहरू पनि छक्क परेका थिए । युजरहरूले च्याटजीपीटीले दिएको जे पायो त्यही जवाफलाई रेडिट र एक्समा शेयर गरेका छन् । एक रेडिट युजरको दाबी अनुसार लामो च्याटिङ भइरहेको बेलामा च्याटजीपीटीले एक्कासी स्पेनी भाषामा कुरा गर्न थाल्यो ।

अचम्मको कुरा चाँहि के थियो भने युजर अंग्रेजी भाषामा बोलिरहेका थिए । त्यसपछि च्याटजीपीटीले अनौठो जवाफ दिन थाल्यो । युजरले गणितको एउटा प्रश्नको उत्तर सोधेर जाभा स्क्रिप्टको एउटा बगलाई फिक्स गर्न भनेका थिए । तर यसको उत्तरमा च्याट जीपीटीले यस्तो भन्यो, ‘अहिले तिम्रो साथको कोठामा छु ।’

के भन्छ ओपनएआई ?
च्याटजीपीटी एआई कम्पनी ओपनएआईको प्रडक्ट हो । च्याटजीपीटीको हर्कतमा ओपनएआईले यस घटनालाई नजिकबाट नियालिरहेको र कुन बगका कारण यस्तो भयो भनेर अनुसन्धान भइरहेको बताएका छन् । अहिले भने च्याटजीपीटीमा कुनै समस्या छैन । यो कसरी भयो भन्ने कुरा कम्पनीले केही बताएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖