• Wednesday 7th of October 2026

भाइस मिडियाले सयौँ कर्मचारी निकाल्ने, वेबसाइटमा समाचार प्रकाशन बन्द


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । भाइस मिडियाले आफ्नो वेबसाइट भाइस डटकममा समाचार प्रकाशित गर्न बन्द गर्दै सयौँ कर्मचारीहरूलाई बर्खास्त गर्न लागेको छ । कम्पनीका प्रमुख कार्यकारी ब्रुस डिक्सनले एक मेमोमार्फत यो जानकारी दिएका हुन् ।

गत वर्ष मे महिनामा कम्पनीले अमेरिकामा बैंककरप्सीका लागि आवेदन दिएको थियो र यसलाई फोर्ट्रेस इन्भेष्टमेन्ट ग्रुपले किनेको थियो । डिक्सनका अनुसार वाइसले यसको सामग्री ठुला कम्पनीहरूसँग वितरण गर्ने योजना बनाएको छ।

बीबीसीलाई प्राप्त मेमोमा डिक्सनले भनेका छन्, ‘अहिले हामीलाई हाम्रो डिजिटल सामग्री पहिले जस्तै वितरण गर्न लागतको हिसाबले गाह्रो भएको छ। जसको मतलब हामीले हाम्रो कार्यबल घटाउनु पर्छ र सयौँ पदहरू बन्द गर्नुपर्नेछ।’ डिक्सनका अनुसार कम्पनीले आफ्नो व्यापार बेच्ने छ जसको बारेमा आगामी हप्ताहरूमा जानकारी दिइनेछ।

यस वर्ष च्यानल फोर, लस एन्जलस टाइम्स र बिजनेस इनसाइडरले पनि कर्मचारीहरूलाई हटाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖