• Wednesday 7th of October 2026

बाइडनको कुकुरले सिक्रेट एजेन्टलाई टोकेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनका कुकुरले अमेरिकाको सिक्रेट सर्भिस एजेन्टलाई टोकेको तथ्य सार्वजनिक भएको छ। कमान्डर नाम दिइएको उक्त कुकुरले २४ पटक ती एजेन्टलाई टोकेको बताइएको छ।

एक वरिष्ठ एजेन्टका अनुसार सिक्रेट सर्भिसलाई उक्त घटना पछि आफ्नो रणनीति परिवर्तन गर्नुपरेको र एजेन्टहरूलाई कुकुरबाट टाँढा रहन सुझाव दिइएको बीबीसीले जनाएको छ। कमान्डरलाई व्हाइट हाउसबाट बाहिर निकाल्नु अघि यो चेतावनी जारी गरिएको हो।

सूचनाको अधिकारका अनुसार उक्त प्रमाणका अनुसार जर्मन शेफर्ड प्रजातिको रहेको कमान्डर कुकुरले सन् २०२२ अक्टुबर र जुलाई २०२३ को बीचमा २४ पटक सिक्रेट सर्भिस एजेन्टको क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरूलाई टोकेको थियो। उक्त घटना पछि गत वर्ष अक्टुबरमा कमान्डरलाई व्हाइट हाउसबाट निकालिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖