• Monday 5th of October 2026

किन हुन्छ मान्छेमा नङ टोक्ने समस्या ?


  • धनकुटा खबर
  • .

केही खराब बानीहरूको कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, घरपरिवार समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ । यस्तै एक खराब स्वभाव हो नङ टोक्ने । यो निकै फोहोरी बानी हो । लाखौँ मानिसको नङ टोक्ने बानी हुन्छ ।

आखिर किन हुन्छ मान्छेमा नङ टोक्ने समस्या ?
मानिसमा अत्यधिक नकारात्मक सोच आयो भने नङ टोक्छ । तनाव र चिन्तालाई व्यवस्थापन गर्ने हो भने मानिसले यस समस्याबाट मुक्ति पाउन सक्छ । गहिरो पीडा सहन नसकेपछि मानिसले आफ्नै अङ्गसँग प्रतिक्रिया जनाउने क्रममा नङ टोक्ने गर्दछन् । नङ टोक्नु अप्रिय समाचार वा घटना वा वातावरणको प्रारम्भिक रेस्पोन्स हो।

प्रारम्भिक रुपमा यसले आवेगलाई नियन्त्रण पनि गर्छ । यस्तै मानिसमा कपालका रौं उखेल्ने वा छाला तान्ने समस्या छ भने त्यो व्यक्ति अत्यधिक तनावमा छ भन्ने बुझ्दा हुने मनोविद्हरु बताउँछन् । उसो त चिन्ता नै नहुने बालबालिकाले पनि नङ टोक्छन् ।

नङ टोक्ने, कपालका रौ तान्ने, छाला उखेल्ने वा आफ्ना औँला टोक्ने, नाक कोट्याउने मानिसको बानी वा आचरण हो । कोही भने यसलाई मानसिक असन्तुलनको संज्ञा दिन्छन् ।बारम्बार यस्तो आचरण देखाउने मानिसले पूर्णतालाई अस्वीकार गरेका हुन्छन्।

यसको अर्थ अरूलाई सामान्य लाग्ने घटना वा वातावरणमा पनि उनीहरू खुसी वा सन्तुष्ट हुन सक्दैनन् । यस्ता मानिसहरूले सामान्य मानिसले भन्दा बढी दिक्क मान्ने पनि उनी बताउँछन्।

नङ टोक्दा त्यसको असर सौन्दर्यमा पनि अवश्य पर्छ । नङ कुरूप देखिनुका साथै औँलाको सौन्दर्य नै हराउँछ । औँलाको टुप्पोबाट रगत पनि बग्छ । बारम्बार नङ टोक्ने आदत भएमा मनोविद् वा काउन्सिलरको सहयोग लिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖