• Wednesday 7th of October 2026

अमेरिकाले रुसमाथि ५ सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । युक्रेन विरुद्ध युद्ध छेडेको र रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको हिरासतमा मृत्यु भएको भन्दै अमेरिकाले रुसमाथि ५०० भन्दा बढी प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

राष्ट्रपति जो बाइडेनले नभाल्नीको जेल सजायका लागि जिम्मेवार र रुसी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई यो प्रतिबन्धमा निशाना बनाइएको बताए। यसअन्तर्गत करिब एक सय कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ ।

एक विज्ञप्तिमा राष्ट्रपति बाइडेनले भने – यी प्रतिबन्धहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को देश विरुद्ध आक्रमण र घरमा दमनको लागि ठूलो मूल्य चुकाउनु पर्ने कुरा सुनिश्चित गर्नेछ।

यी प्रतिबन्धहरू आर्कटिक सर्कल जेलमा नाभाल्नीको मृत्यु भएको एक हप्ता पछि घोषणा गरिएको हो।

युरोपेली संघले रुसलाई हतियार खरिद गर्न सहयोग गरेको आरोपमा २०० कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

यसको जवाफमा रुसको विदेश मन्त्रालयले रुस प्रवेशमा प्रतिबन्ध लगाइएको ईयूका अधिकारी र नेताहरूको सूची विस्तार गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖