• Wednesday 7th of October 2026

बाइडेनले ‘इजरायलले विश्वव्यापी समर्थन गुमायो’ भनेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार भने – इजरायलका लागि संयुक्त राज्य अमेरिकाका जनताले गरेको जनसमर्थनले इजरायललाई “पूर्ण विजय नभएसम्म” हमाससँग लड्न मद्दत गर्नेछ।

आफ्नो वक्तव्यमा नेतान्याहुले एक सर्वेक्षणलाई उद्धृत गर्दै ८० प्रतिशत अमेरिकीले गाजा युद्धमा इजरायललाई समर्थन गरेको बताए ।

नेतन्याहुको यो बयान अमेरिकी राष्ट्रपति जो बाइडेनको बयान पछि आएको हो, जसमा बाइडेनले गाजामा भएको आक्रमणका कारण इजरायललाई विश्वभरबाट समर्थन गुमाउने खतरा बढेको बताएका थिए।

मंगलबार नेतान्याहुले द्वन्द्वको शुरुवातदेखि नै “युद्ध चाँडो अन्त्य गर्न र इजरायललाई समर्थन जुटाउन अन्तर्राष्ट्रिय दबाबको जवाफ दिन” अभियान चलाएको बताए।

हालैको हार्वर्ड-ह्यारिस सर्वेक्षणलाई उद्धृत गर्दै नेतान्याहुले भने, “हामीले यसमा महत्त्वपूर्ण सफलताहरू पाएका छौं। सर्वेक्षणले देखाउँछ कि ८२% अमेरिकी जनताले इजरायललाई समर्थन गर्दछन् ।”

अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले सम्भावित युद्धविराम सम्झौतामा काम गरिरहेको बताएका छन्।

गत सोमबार अमेरिकाले ‘आउँदो सोमबार’ सम्म हमास र इजरायलबीच युद्धविराम हुने आशा गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले पनि आफ्नो बयानमा इजरायलले “यस्तै दक्षिणपन्थी सरकारसँग रहिरह्यो” भने “विश्वभरबाट समर्थन गुमाउन सक्छ” भनेका थिए ।

ह्वाइट हाउस र अमेरिकी विदेश विभागका अधिकारीहरूले मंगलबार अस्थायी युद्धविराममा वार्ता जारी रहेको पुष्टि गरे, तर वार्ताको सार वा सम्भावित समय सीमाको बारेमा विवरण दिन अस्वीकार गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖