• Wednesday 7th of October 2026

बेलायतको शाही परिवारका सदस्य थोमस किङ्स्टन मृत अवस्थामा भेटिए


  • धनकुटा खबर
  • .

काठमाडौं । बेलायती राजपरिवारबाट दुखद खबर बाहिर आएको छ । बेलायती बैंकर तथा शाही परिवारका सदस्य थोमस किङ्स्टन आफ्नै घरमा मृत फेला परेका छन् । उनी ४५ वर्षका थिए । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै किङ्स्टनको निधनमा शोक व्यक्त गरेको छ।

डेली मेलको रिपोर्टका अनुसार थोमस आइतवार साँझ ग्लुसेस्टरशायरको आफ्नो निवासमा मृत फेला परेका थिए। उनको मृत्युको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, उनको मृत्यु कुनै शंकास्पद परिस्थितिमा नभएको बताइएको छ ।

किंग्स्टनकी पत्नी लेडी ग्याब्रिएला र उनको परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘अत्यन्तै दु:खका साथ हामी थोमस किङ्स्टनको मृत्युको घोषणा गर्दछौं। उहाँ एक अद्भुत पति, छोरा र भाइ हुनुहुन्थ्यो। उहाँ एक उत्कृष्ट व्यक्ति हुनुहुन्थ्यो। उहाँको निधनले सम्पूर्ण परिवारलाई स्तब्ध बनाएको छ । हामी तपाईंलाई हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं।’

थोमस किङ्स्टन एक प्रसिद्ध ब्रिटिश बैंकर थिए। तर योसँगै उनी केन्टकी राजकुमार र राजकुमारी माइकलका ज्वाइँ पनि थिए। थोमसको विवाह चार वर्षअघि मात्रै शाही परिवारमा भएको थियो । उनकी श्रीमती लेडी गेब्रिएला बेलायतका राजा चार्ल्स तृतीयकी मामाकी छोरी हुन्। राजा चार्ल्स र लेडी गेब्रिएला पूर्व राजा जर्ज पाँचौंका पनाती पनातिनी हुन् । गेब्रिएला र थोमसले मे २०१९ मा विन्डसर क्यासलको सेन्ट जर्ज च्यापलमा विवाह गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖