• Wednesday 7th of October 2026

भारतीय अन्तरिक्ष एजेन्सीको रकेटमा चीनको झन्डा राखिएपछि…


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो)को एउटा विज्ञापनमा चीनको झन्डा प्रयोग गरिएपछि विवाद भएको छ । तमिल नाडुमा इसरोको नयाँ लञ्च कम्प्लेक्स सम्बन्धी विज्ञापनमा भारतको झन्डाको ठाउँमा चीनको झन्डा देखाइएको थियो । विवादको एक दिनपछि पार्टीको तर्फबाट विज्ञापन दिने डएिमके नेता र माछा पालन मन्त्री अनिता आर राधाकृष्णनले बिहीबार स्पष्टीकरण दिएकी थिइन् ।

विज्ञापनमा चीनको झन्डा प्रयोग डिजाइनरको गल्ती भएको बताइएको छ । यो सामान्य गल्ती भएको अनि यसमा डएिमकेको कुनै उद्देश्य नभएको राणकृष्णनले बताएकी छिन् । सरकारी समाचार संस्था पीटीआईका अनुसार राधाकृष्णनले अगाडि भनेकी छिन्, ‘विज्ञापनमा एउटा सानो गल्ती भयो । हाम्रो कुनै अन्य उद्देश्य होइन । हाम्रो मनमा भारतप्रति माया मात्रै छ ।’

डीएमकेका स्वर्गीय संरक्षक एम. करुणानिधिले सबैभन्दा पहिला तमिलनाडुको कुलसेकरपट्टिनममा इसरोका लागि नयाँ प्रक्षेपण कम्प्लेक्स बनाउने माग गरेका थिए । मुख्यमन्त्री एमके स्टालिन र थूकुकुडी देखि लोकसभा सदस्य कनिमोइसम्मले तमिल नाडुमा इसरो प्रक्षेपण परिसर बनाउन केन्द्र सरकारसँग अनुरोध गरेका थिए ।

यो परियोजना तमिल नाडु ल्याउन डीएमके नेताहरुको प्रयास देखाउन विज्ञापन बनाइएको थियो । विज्ञापन बनाउनेले त्यसमा ठुलो गल्ती गरिदियो । भारतको झन्डाको ठाउँमा चीनको झन्डा राखिएको थियो । तर त्यसमा कसैले ध्यान दिएनन् । विज्ञापन प्रसारण भएपछि मात्रै यो गल्ती थाहा भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖