• Tuesday 6th of October 2026

अर्बपति अम्बानीको छोराको विवाह, नाचे आमिर शाहरुख र सलमान


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतीय अरबपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि-वेडिङ समारोह अहिले गुजरातको जामनगरमा जारी छ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनको आज तेस्रो दिन हो ।

हिजो राति प्रि-वेडिङको दोस्रो दिन मुकेश अम्बानीको यो भव्य समारोहमा धेरै फिल्म स्टारहरु सहभागी भएका थिए ।

समारोहमा सुपरस्टार आमिर खान, सलमान खानदेखि शाहरुख खानलगायत धेरै स्टारहरू यहाँ पुगेका थिए ।

तीन खानले एकै स्टेजमा आफ्नो धमाकेदार प्रस्तुति दिएर सबैको मन जितेका छन्।

अहिले यो पार्टीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस क्रममा मुकेश अम्बानी र नीता अम्बानीले पनि स्टेजमा शानदार प्रस्तुति दिएका थिए ।

आज प्रि-वेडिङमा दुई वटा कार्यक्रम छ । राति कार्यक्रममा पाहुनाहरूका लागि नृत्य र गीत प्रस्तुति राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖