• Tuesday 6th of October 2026

समीक्षा भन्छिन्– आजकाल आफैँलाई म लडाकुजस्तो लाग्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका समीक्षा अधिकारीले महिलालाई समाजमा संघर्ष गर्न सहज नरहेको बताएकी छन् । महिला भएकै कारण विभेदका आँखाले हेर्ने गरिएको आफूले अनुभव गरेको उनको भनाइ छ ।

‘…मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहानु मेरो के गल्ती थियो र ? म त पखेटा फिँजाएर उड्न चाहान्थेँ । तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए,’ महिला दिवसको अवसरमा शुभकामना दिँदै समीक्षा अधिकारी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटकपटक पार्यो । धेरै पटक मार्यो । तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन ।’

आजकाल आफूलाई लडाकु भएको महसुस हुने गरेको उनको भनाइ छ । ‘आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ । अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ,’ उनी अगाडि लेख्छिन्, ‘त्यसैले अन्यायविरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैँबाट आवोसभन्ने कामना र सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖