• Tuesday 6th of October 2026

२ मिनेटको विज्ञापनमा आमिरको ७ गेटअप


  • धनकुटा खबर
  • .

मुम्बई । फिल्म ‘तारे जमिन पर’ अभिनेता दर्शील सफारीले केही दिन अगाडि आमिर खानको साथ एक तस्बिर शेयर गरे । तस्बिरका साथ दर्शीलले लेखेका थिए, ‘१६ वर्षपछि फेरि आमिरको साथमा देखिदैछु ।’ तर दर्शीलले यो प्रोजेटको विषयमा अन्य कुरो केही खोलेको छैनन् ।

तर बिहीबार उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरे । जसमा एक एनर्जी ड्रिङ्सको विज्ञापनमा आमिरका साथ उनी देखिएका छन् ।

भिडियोका साथ दर्शीलले लेखेका छन्, ‘आमिर खान एडवेन्चर जर्नीमा गइरहेका छन् । तपाईँहरू ज्वाइन गर्नुस् ।’ भिडियोमा आमिर दर्शीलको हजुरबुबाको भूमिकामा छन् । दुई मिनेटको यो विज्ञापनमा आमिर फरक फरक ७ भूमिकामा छन् ।’

यस भिडियो हेरेर फ्यानले आमिरको खुलेरै तारिफ गरेका छन् । एक युजर्सले लेखेका छन्, ‘एक विज्ञापनमा पनि फिल्म जस्तो परफेक्सन आमिरलेनै ल्याउन सक्छन् ।’ अर्को एक युजर्सले लेखेका छन्, ‘आमिरको विज्ञापन हाम्रा लागि हमेशा छोटो फिल्म जस्तो हुन्छ ।’

आमिर अहिले फिल्म ‘सितारे जमिन पर’को छायाङ्कन गरिरहेका छन् । यस फिल्म मार्फत आमिर डेढबर्षपछि फिल्ममा देखिँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖