• Tuesday 6th of October 2026

पिउन सुरू गर्नुहोस् निलो चिया, स्वस्थ हुनेछ शरीर


  • धनकुटा खबर
  • .

एजेन्सी : दुध राखेको चियाको तुलनामा हर्बल टी स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ ।अपराजिताको फूलबाट बन्ने निलो चियाका पनि धेरै फाइदाहरु छन् ।स्वास्थ्य विशेषज्ञका अनुसार ब्लू टी यानिकी निलो चिया मधुमेह, क्यान्सर जस्ता समस्यामा एकदमै लाभदायक हुन्छ ।

ब्लू टीले रक्तचाप तथा कोलेस्ट्रोल सुधारमा पनि राम्रो काम गर्छ ।

एन्टीअक्सीडेन्टले भरपूर ब्लू टी रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । चियामा हुने एन्थोसायनिनले चियालाई निलो रंग दिने गर्छ । ब्लू टी सेवन गर्दा मानसिक स्वास्थ्य, स्मरण शक्ति पनि बुस्ट हुन्छ ।

अल्जाइमर जस्तो समस्यालाई पनि निको पार्न ब्लू टीले सहयोग गर्दछ । यो चियामा क्याफिन हुँदैन त्यसैले पनि यसले स्वास्थ्यलाई कुनै नोक्सान गर्दैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖