• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य, डेब्यु खेलमा आकाशले लिए ३ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । मैत्रीपूर्ण टी-२० आई खेलमा हङकङले नेपालसामु २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

हङकङका बाबर हयातले शतकीय इनिङ खेले । उनले ४९ बलमा ११० रनको उत्कृष्ट इनिङ खेलेर आउट भए ।

हङकङका अंशुमान रथले ३९ र मार्टिन कोएत्जीले ३१ रनको योगदान दिए ।

बलिङमा नेपालका लागि टी-२० आई खेलमा डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । ३ ओभर बलिङ गरेका आकाशले २७ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एकएक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖