• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल हङकङसँग ७३ रनले पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ ।

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १३९ रनमा समेटियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । आरिफ शेख ३८ र कप्तान रोहित पौडेल ३० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

११७ रनमा ३ विकेट गुमाएको नेपालले २२ रन जोड्दा थप ७ विकेट गुमाउन पुग्यो । बलिङ हङकङका एजाज खान ४ र एहसान खानले ३ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । हङकङका बाबर हयातले शतकीय इनिङ खेले । उनले ४९ बलमा ११० रनको उत्कृष्ट इनिङ खेलेर आउट हुँदा अंशुमान रथले ३९ र मार्टिन कोएत्जीले ३१ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका लागि टी–२० आई खेलमा डेब्यु गरेको तीब्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिँदा रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एकएक विकेट लिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖