• Wednesday 7th of October 2026

यात्रुलाई सुत्केरी गराउन जब पाइलटले ककपिट छाडे…


  • धनकुटा खबर
  • .

एजेन्सी । एक अन्तर्राष्ट्रिय उडानका पाइलनले विमान चलाइरहँदा ककपिट छाडेर एक यात्रुको बच्चा जन्माउन सघाएका छन्। यो घटना फेब्रुअरी २३ मा ताइवानबाट ब्यांकक उडेको जहाजमा भएको थियो। थाइल्यान्डका पाइलट जाकारिन सारारनरक्स्कुलले यस्तो कार्य गरेपछि चिनियाँ सामाजिक सञ्जालमा उनलाई ‘हिरो’ को उपाधि दिइएको छ। उनी भियतजेटका पाइलट हुन्।

यात्राका क्रममा एक यात्रुलाई सुत्केरी व्यथा लागेको थियो। विमानका परिचारकले उनलाई एउटा बाथरुममा फेला पारेका थिए। उनीहरुले पाइलटहरुलाई भनेका थिए। त्यसपछि जाकारिन ककपिटबाट निस्केर सहायता गर्न पुगेका थिए। विमानलाई फर्काउन वा अर्को विमानस्थलमा पुर्‍याउन नभ्याइने थाहा पाएर उनी सहायताका लागि निस्केका थिए। उनी निस्केपछि उनकी कोपाइलटले विमान सम्हालेकी थिइन्।

बच्चा स्वस्थ जन्मेको बताइएको छ। जसलाई चालक दलका सदस्यले ‘स्काइ बेबी’ उपनाम दिएका छन्। विमान सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सुत्केरी र बच्चालाई लिन स्वास्थ्यकर्मीको टोली तम्तयार थियो। उनीहरुलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। जाकारिनले बच्चा समातेको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘म १८ वर्षदेखि विमान उडाइरहेको छु।

आज विमानमै शिशु जन्माउन सहयोग गरेँ।’सन् १९२९ देखि २०१८ सम्म विमानमा ७४ जना बच्चा जन्मिएको इन्टरनेसनल सोइसाइटी अफ ट्राभल मेडिसिनको खोजमा पत्ता लागेको छ। जसमध्ये ७१ बच्चा बाँचेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖