• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतलाई हराउँदै बङ्गलादेशले जित्याे १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपकाे उपाधि


  • धनकुटा खबर
  • .

काठमाण्डाै – भारतलाई हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेकाे छ ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएकाे फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा दुवै टाेलीले १–१ गाेल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे थियाे ।

खेलकाे ४ मिनेटमा अनुष्का कुमारीले गाेल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर खेलकाे ७० मिनेटमा बङ्गलादेशले उपहार गाेल पाएपछि खेल १–१ काे बराबरीमा पुगेकाे हाे ।

बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियाे । भारत उति नै खेलमा ६ अङ्कका साथ फाइनलमा पुगेकाे थियाे । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी थिए ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖