• Tuesday 6th of October 2026

अजय देवगनको सबैभन्दा धेरै कमाउने पाँचौं फिल्म बन्यो ‘शैतान’


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म ‘शैतान’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘शैतान’ ले अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड राखेको हो। १५ करोड २१ लाख भारू कमाउँदै फिल्मले उक्त रेकर्ड राखेको छ।

‘शैतान’ ले अजयको फिल्म ‘तान्हाजी’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो। भारतीय बक्स अफिसमा ‘तान्हाजी’ ले पहिलो दिन १५ करोड १० लाख भारू कमाएको थियो।

अजयको सर्वाधिक कमाइ गर्ने फिल्म हो ‘सिंघम रिटर्न्स’। दोस्रो फिल्म ‘गोलमाल अगेन’, तेस्रो ‘टोटल धमाल’ र चौथो ‘दृश्यम २’ हो।
विकास बहलले निर्देशन गरेको फिल्म ‘शैतान’ मा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ।

अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह-निर्माता छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖