• Wednesday 7th of October 2026

ओस्कार अवार्डमा जोनसेना लगभग नांगै देखिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । एकेडेमी अवार्ड (ओस्कार)को ९६ औँ संस्करण आइतबार अमेरिकामा भइरहेको थियो । ओस्कार समारोहमा उत्कृष्ट पोशाक डिजाइनको अवार्ड दिन जोनसेना लगभग नग्न भएर स्टेजमा आए ।

उनको त्यो बेलाको दृष्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ । यो अवार्ड जोनसेनाले पुअर थिंसकी पोशाक डिजाइनर होली वाडिङटनलाई प्रदान गरेका थिए ।

उनले शरीर नांगै देखाएर अगाडिको भाग छोप्न खाम प्रयोग गरेका थिए ।अवार्ड समारोहका होस्ट जिमी किमेलले सन् १९७४ को ४६ औँ एकेडेमी अवार्डको यस्तै घटना दोहोर्याउन माग गरेका थिए । त्यसपछि जोनसेना त्यसरी स्टेजमा उक्लेका हुन् । तर, वास्तवमा उनी नांगै भने थिएनन् । उनले मानिसको शरीरको छाला जस्तै रङको लुगा लगाएका थिए । इकोनोमिक्सटाइमबाट ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖