• Tuesday 6th of October 2026

अनमोलसँग किन फिल्म नखेल्ने मुडमा पुगिन् पूजा शर्मा ?


  • धनकुटा खबर
  • .

अभिनेत्री पूजा शर्माले आफ्नो जीवनबाट अनमोल केसीको च्याप्टर क्लोज भएको बताएकी छिन् । पूजाले आफ्नो लागि आफै काफी छु भन्दै अनमोलसँग फिल्म खेल्नु रहर नरहेको बताएकी छन् । केही दिन अघि फिल्म उपहारको प्रचारका क्रममा एक यूट्युब मिडियासँग अन्तर्वार्ता दिने क्रममा अभिनेत्री पूजाले यस्तो भनेकी हुन् ।

उनले भनेकी छिन्, “मलाई अनमोलसँग फिल्म खेल्ने रहर हैन । म मेरो लागि काफी छु । म त बस अनमोललाई बबाल बनाउँछु भनेर लागि परेको थिए ।”

यो भनाई सुन्दा तपाईँलाई केही हदसम्म अचम्म लाग्यो होला ? कुनै समय पूजाले धेरै अघिदेखि अनमोलसँग काम गर्ने इच्छा जाहेर गर्ने अभिनेत्रीमा पर्थिन् । किन कि जब पुजा शर्मा फिल्म लाइनमा डेव्यु गर्दै थिइन् । त्यतिबेला अनमोलले आफूलाई फिल्म क्षेत्रमा स्थापित गराइ सकेका थिए । त्यतिमात्र हैन पूजा शर्माले डेब्यू गरेको फिल्म प्रेमगीतको बेला अनमोलको क्रेज धेरै उचच लेभलमा थियो उनलाई जो कोहीले आफ्नो फिल्ममा लिन चाहान्थे ।

सोही समयमा अनमोललाई फिल्म प्रेम गीतका लागि प्रस्ताव राखिएको थियो । तर, अनमोलले उक्त प्रस्तावलाई स्वीकार गरेका थिएनन् । पछि प्रेमगीतको हिरो प्रदिप खड्का भएका थिए ।

केही समयअघिको कुरा हो । द्धारिका होटलमा पूजा शर्माको होम प्रोडक्सनबाट निर्माण हुने भनिएको फिल्म रावायण साइन गर्ने क्रममा पूजाले आफूलाई अनमोलसँग काम गर्न पहिलेदेखि नै मन लागेको र यसपटक सहकार्य गर्ने अवसर जुटेको बताएका थिइन् । सुदर्शन थापाले निर्देशन गर्ने भनिएको यही फिल्म नगरेका कारण अनमोल विवादमा आउनुका साथै प्रहरी चौकीसम्म पुग्नुप¥यो ।

उसो त यही फिल्मबाट पूजा र अनमोलको सम्बन्ध बिग्रिएको थियो । तर, यतिबेला आएर पूजा शर्माले “मैले अनमोलको करियर बनाउन खोजेको हुँ” भन्नु विगतका घटनाक्रम नियाल्दा आफैमा लाज मर्दो कुरा होइन र भन्ने लाग्छ ।

अहिले फेरि सबैकुरा सामसुम भइसक्दा पूजाले अनमोलको विरोधमा बोल्दै हिँड्न थालेकी छिन् भन्ने धेरैलाई लागेको छ । उनले अनमोलको विपरित सुरुमा ति अन्तरवार्ता लिने व्यक्तिले अनमोल कस्तो व्यक्ति भनेर सोधेको प्रश्नमा उनले नो कमेन्टस् भन्दै केही बोल्नै चाहिनन् ।

अनमोलसँग अब फिल्म नगर्ने भनेर सोधेको प्रश्नमा उनले त्यो मलाई सोच्नु नै छैन भन्छिन् । फेरि युटुबरले अझै पेलेर कसैले अफर गर्यो भने भनेर प्रश्न थप्छन् । त्यसपपछि अनमोलका बारेमा खासै बोल्न नचाहेकी पूजाले बोल्न थालेपछि नरोक्की धेरै कुरा बोल्न भ्याएकी छिन् ।

त्यसक्रममा पूजाले भनेकी छन्, “म ढाट्दिन म मनदेखि नै बोल्ने व्यक्ति हो । मलाई खासमा उसँग खेल्ने रहर हैन, म मेरो लागि त काफि छु, स्ट्रगल गर्दा त चाहिएन भने अब किन चाहियो र ? अनमोलले एयाक्टिङ गर्न जान्दैन भन्नेको अघि प्रमाणीत गरेर देखाउँछु भनेर मैले अनमोलसँग काम गर्न चाहेको मात्र हो ।”

अगाडि उनी अझै थप्छिन्, “सुदर्शन थापालाई पनि अनमोललाई बबाल बनाम भनेर मैले नै भनेको हो । मैले अनमोलको लागि सोचेको हो । मैले राम्रो इन्टेन्सनले फिल्मको अफर गर्न गएको व्यक्ति हो । तर, टिमले पछि अनमोलले नगर्ने जस्तो कुरा गरेपछि म आफ्नो बाटोमा हिँडे सुदर्शनले आफ्नै तरिकाले काम गर्न थाल्नु भयो । त्यसपछि म जानसाथ अनमोल फेरि आउनु भएको रहेछ । तर, म त्यसमा नि खुशी थिए एयाक्टिङ बुझेको व्यक्तिसँग अझ राम्रो होला कि भनेर सोचेका थिए । तर, म गतल रहेछु भन्दै पुजाले सुदर्शनको वकालत गरिन् । त्यतिमात्र हैन उनले अब चाहिँ अनमोलको टपिक नै क्लोज भयो मेरो जीवनमा भन्न समेत भ्याइन् ।”

टपिक क्लोज हुनु आफ्नो ठाउँमा छ । तर, कुनै कलाकारले अर्को कलाकारलाई आफूलाई माथि देखाउदै अरुलाई तल देखाउनु आफैमा गलत हो । जुन पूजाले आज अनमोललाई माथि लगानी गर्न खोजेको थिएँ भनेर सार्वजनिक सहानुभूति लिन खोज्दैछिन् ।

उसो त, स्वयम् उनको अभिनयलाई पनि दर्शकले खासै मन पराएको देखिँदैन । राम्रो अभिनय गर्नुभन्दा बढी रुनेदेखि अनेक फण्डा गरेर फिल्म चलाउने नायिकाको चिनारी पाउँदै आएकी पूजाले अनमोललाई प्रमाणित गराउँछु भन्नु कतिसम्म सहि होला ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖