• Wednesday 7th of October 2026

भारतले बनायो अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल


  • धनकुटा खबर
  • .

भारतले बनाएको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को पहिलो परीक्षण उडान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ‘मिसन दिव्यास्त्र’ घोषणा गरेका हुन् ।

देशभित्रै उत्पादित यो अत्याधुनिक हतियार प्रणालीले भारतको भूराजनीतिक स्थितिलाई परिवर्तन गर्ने अपेक्षा गरिएको छ । भारतको रक्षा अनुसन्धान केन्द्र (डीआरडीओ)ले अग्नि–५ विकास गरेको हो ।

अग्नि–५ मा मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रि–इन्ट्री भेहिकल (एमआईआरभी) प्रविधि रहेको छ । यसको अर्थ यो एउटै मिसाइलले फरक–फरक स्थानमा प्रहार गर्न (आणविक समेतका) बम बोक्न सक्छ ।
मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मल्टिपल इन्डिपेन्डन्टली टारगेटेबल रि–इन्ट्री भेइकल (एमआईआरभी) टेक्नोलोजीसहितको स्वदेशी अग्नि–५ मिसाइलको पहिलो परीक्षण उडान मिसन दिव्यास्त्रका लागि डीआरडीओका वैज्ञानिकप्रति गौरवान्वित छौँ ।”

यो मिसाइलको रेन्ज सात हजार किलोमिटरभन्दा बढी छ । एनडीटीभीबाट ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖