कामाडौं । हङकङ टी ट्वान्टी सिरिजको फाइनल खेलमा नेपालले हार ब्यहोरेको छ । बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो । पीएनजीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५३ बलमा ८५ रनमा अलआउट भयो । नेपालका कुनैपनि ब्याट्सम्यान फाइनल खेलमा चल्न सकेनन् ।
ओपनर बिनोद भण्डारी दोस्रो बलमा ४ रनमा बोल्ड हुदाँ कुशल मल्ल ५ रनमा पोविलियन फर्किएका थिए ।
रोहित पौडेल १२, गुलसन झा ६, विवेक यादव १, आरिफ शेख १५ र सन्दीप जोरा १७ रनमा आउट भए ।
