• Tuesday 6th of October 2026

नियमित पारिजात को सेवन गर्नाले यी रोगहरुबाट सजिलै छुटकारा पाउन सकिन्छ


  • धनकुटा खबर
  • .

पारिजातमा धेरै औषधीय गुणहरू हुन्छ र धार्मिक दृष्टिले पनि यसको धेरै महत्व रहेको छ। यस बोटलाई हरसिंगार पनि भनिन्छ। पारिजातको फूल देखि लिएर पात,बोक्रा वा यसको बीउ पनि उपयोगी हुन्छ। यसको चिया पनि स्वादिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यको लागि लाभकारी हुन्छ। यसले स्वास्थ्यको साथै सौन्दर्य बढाउन पनि निकै मद्दत गर्छ।

पारिजातको ६ ७ वटा पात टिपेर यसलाई पिस्नुहोस्। त्यसपछि यसलाई पानीमा उमाल्नुहोस्। अब यसलाई चिसो बनाएर राख्नुहोस् र प्रत्यक दिन बिहान खाली पेटमा सेवन गर्नुहोस्। यसको नियमित रूपमा सेवन गर्नाले जोड सम्बन्धि समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

खोक खोकी होस् वा सुख्खा खोकी पारिजातको पात पानीमा उमालेर पिउनाले तपाईंको खोकी निको हुन्छ। यसलाई चियामा उमालेर वा पातलाई पिसेर महमा मिलाएर पनि सेवन गर्न सक्नुहुन्छ।ज्वरो ज्वरो आउँदा पारिजातको पातको चिया बनाएर खानु निकै फाइदाजनक हुन्छ। डेंगु, मलेरिया तथा चिकेनगुनिया जस्ता ज्वरो पनि निकै पार्ने क्षमता हुन्छ पारिजातम।

पाइल्स पारिजातलाई पाइल्सको निकै राम्रो र असरदार औषधि मानिन्छ। त्यसको लागि पारिजातको बिउको सेवन गर्नु वा बिउको लेप बनाएर सम्बन्धित ठाउँमा लगाउनु फाइदाजनक हुन्छ।

मकदार छाला पारिजातको पात पिसेर लगाउनाले छाला सम्बन्धि समस्याबाट राहत मिल्छ। यसको फूलको पेस्ट बनाएर अनुहारमा प्रयोग गर्नाले अनुहारमा गोरोपना र चमक आउँछ।

हृदय रोग ह्रोदय सम्बन्धि रोगको लागि पारिजातको प्रयोग निकै लाभकारी साबित हुन्छ। पारिजातको फूल वा यसको रसको सेवन गर्दा यसले हृदय सम्बन्धि रोगको नियन्त्रण गर्छ।दम श्वास-प्रश्वास सम्बन्धि रोगहरूको लागि पारिजातको बोक्राको पाउडर पानको पातमा राखेर खानु निकै लाभकारी हुन्छ। बिहान र बेलुका यसो गर्नु निकै राम्रो मानिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖