• Wednesday 7th of October 2026

साउदी अरेबियाका युवराजले पाकिस्तानका नयाँ प्रधानमन्त्रीलाई के दिए आश्वासन ?


  • धनकुटा खबर
  • .

काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शनिबार पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज सरिफलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् ।

विगत केही वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई आर्थिक सहयोगको ठूलो खाँचो छ । यस्तो अवस्थामा साउदी अरबको यो विश्वास निकै महत्वपूर्ण छ ।

विदेशी मुद्राको अभावमा परेको पाकिस्तानलाई सहयोग गर्न साउदी अरेबियाले त्यहाँका बैंकहरूमा तीन अर्ब डलरको कोष राखेको छ । उसले पाकिस्तानलाई अन्य धेरै तरिकाले पनि सहयोग गरेको छ।

रेडियो पाकिस्तानका अनुसार युवराजले प्रधानमन्त्री सरिफलाई फोन गरी बधाई दिँदै दुई देशबीच भाइचारा रहेको बताए ।

साउदी अरेबियाका राजा र युवराजलाई पाकिस्तानका जनताले धेरै माया र सम्मान गरेको शाहबाज सरिफले बताए।शहबाज सरिफले साउदी अरेबियाको अटल प्रतिबद्धता र पाकिस्तानलाई सहयोग गरेकोमा धन्यवाद दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖