• Tuesday 6th of October 2026

रोग प्रतिरोधी क्षमता बढाउनेदेखि मुटु रोगका लागि फाइदाजनक दही, यस्ता छन् अन्य फाइदाहरु


  • धनकुटा खबर
  • .

दही खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ। दहीले शरीरमा लाग्ने कैयौं रोगबाट छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ।

५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो। नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ।

अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक अध्ययनमा खानासँग दहीको सेवन गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ।जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।

यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु¥याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ । कोलेस्टेरोलका विरामीलाई दहीको नियमित प्रयोग फाइदाजनक हुन्छ ।

दही खानुका ९ फाइदा

१ मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।

२ नियमित दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।

३ तपाईं एकदमै दुब्लो पातलो हुनुहुन्छ भने दैनिक १ गिलास दही सेवन गर्नुस् । यसलाई तपाईंको तौल बढाउन मद्धत गर्छ ।

४ दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।

५ दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।

६ हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा पु¥याउँछ ।

७ दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।

८ दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा रुखोपना आउन दिंदैन ।

९ दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । निन्द्रा नलाग्ने समस्या पनि टाढा राख्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖