• Tuesday 6th of October 2026

आमिर खानको फिल्ममा सनी देवल र छोरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दै छन् । ‘लाहोर १९४७’ राजकुमार सन्तोषी निर्देश गर्दै छन् ।

फिल्ममा आमिर खान र सनी देवल मुख्य भूमिकामा रहने बताइएको छ । निर्देशक सन्तोषीले आमिर खानसँग ‘अन्दाज अपना अपना’ र सनी देवलसँग ‘घायल’ र ‘दामिनी’ पछि संयुक्त काम गर्न लागेका हुन् ।

फिल्ममा सनी देवलले आफ्नो छोरा करण देवलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दै छन् ।

निर्देशक राजकुमार सन्तोषीले फिल्ममा बाबु छोरालाई स्थान दिन लागेको खुलासा गरेका छन् ।

सनी र राजकुमारले ‘घायल’,’ दामिनी’, ‘घटक’ जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् ।

‘गदर २’ को ठुलो सफलतापछि मानिसहरू सनी देवलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् ।

उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका छन् ।

आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖