• Tuesday 6th of October 2026

ब्लड प्रेसर हाई भएका व्यक्तिले भुलेर पनि नखानुहोस् यी खानेकुरा, नत्र ज्यानै जोखिममा जान सक्छ


  • धनकुटा खबर
  • .

रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।

हाइब्ल्ड प्रेसर अर्थात उच्च रक्तचापका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेको छ । ब्लड प्रेसर हाई आज भोलि आम समस्या जस्तै बनेको छ । सामान्य रक्तचाप भएको ५५ वर्ष भन्दा बढी उमेर भएका व्यक्तिलाई उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् ।

ब्लड प्रेसरका बिरामीहरुले नियमित रुपमा यस्ता खानेकुरा खानाले मिल्ने छ फाईदै फाईदा

पछिल्लो समय मानिसमा रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी रोगीको संख्या दिनानुदिन बढिरहेका छन् । खानपान र जीवनशैलीका कारण ब्लड प्रेसर रोगी बढिरहेका छन् ।

रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यसका लागि केही उपयोगी जानकारी दिन खोजिएको हो ।

१. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।

२. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।

३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।

४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।

५. नुनको सेवन कम गर्नु पर्दछ ।

६. चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।

७. दिनमा कम्तिमा १०–१२ गिलास पानी पिउनु पर्दछ ।

८. जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।

९. काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।

१०. तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।

११. जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

१२. मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित सेवन गर्नु पर्दछ ।

१३. दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖