• Tuesday 6th of October 2026

चुरोट छोड्न सकिरहनु भएको छैन ? अपनाउनुहोस् यी प्रभावकारी उपायहरु


  • धनकुटा खबर
  • .

एजेन्सी। हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोटमा निकोटिन हुन्छ।

मनमस्तिष्कमा असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्याधिक लत् लगाउने नशालु चिज हो निकोटिन । निकोटिन एक लागूपदार्थ हो । हाल विश्वमा १ अर्बभन्दा धेरै मानिसले धुम्रपान गर्छन् र यसकै प्रयोगका कारण प्रतिवर्ष १ करोड जतिले सन् २०३० सम्ममा मृत्यूवरण गर्ने अनुमान गरिन्छ । हाम्रो देशमा पनि कुन जनसंख्याको ३० %ले धुम्रपान गर्दछन।

धुम्रपान गर्नु एक लत हो। चुरोट जस्ता निकोटिनयुक्त पदार्थहरुमा निकोटिनका अलावा टार, एमोनिया, आर्सेनिक, कार्वोनमोनोक्साइड जस्ता सयौं खालका हानिकारक रसायनहरु पनि हुन्छन् जसले आआफ्ना असरले सेवनकर्ताको स्वास्थ्य धरापमा पर्छ। यसलाई सेवन नगर्दा तल्तल लाग्ने र व्यक्तिलाई यसको सेवन अनिवार्य जस्तो महसुस गराउने गर्छ। यसकारण धुम्रपान त्याग्न धेरैले अनेकौँ उपाय लगाएपनि सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ।

यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ ।

अदुवा – चुरोटको तलतल छाड्न एक टुक्रा अदुवालाई पिसेर एक चम्चा चिनीमा मिसाएर नियमित खाँदा धूम्रपानको लत छुट्दै जान्छ ।

पालुंगो – पालुंगोको सागमा भिटामिन बी ९ वा फोलिक एसिड हुने गर्छ । सागमा पाइने यो भिटामिनले शरिरभित्रको निकोटिनको असर कम गर्न र तलतल हटाउन मद्धत गर्छ ।

दूध – दूधले स्वास्थ्यमा फाइदा त पुराउँछ नै यस अलावा नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।

अनार – धुमपानले मुटुको चाल र रक्तचाप बढाउनुका साथै रक्त नलिमा अक्सिजनको तह घटाउछ । प्रशस्त मात्रामा अनार खाएर यसको अशर न्युन गर्न सकिन्छ ।

सुन्तला – धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सि ले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।

ब्रोकाउली – ब्रोकाउलीमा उच्च मात्रामा भिटामिन बी ५ पाइन्छ । ब्रोकाउली खाँदा भिटामिन बी को पूर्ती हुन्छ र मेटाबोलिजमलाई सशक्त बनाउँछ तथा फोक्सोलाई निकोटिनले गर्ने हानीबाट जोगाउँछ । यसबाट पनि तलतल कम गर्न सकिन्छ ।

कागती – निकोटिनसँग जुध्ने महत्वपूर्ण तत्व हो कागती । निकोटिनका कारण विग्रिएको छालाको कोषले रोग प्रतिरोधात्मक क्षमता घटाउछ । साईट्रिक एसिड र भिटामिन सीले निकोटिनको अशरबिरुद्ध जुध्न सहयोग गर्छ । यसले तलतल पनि कम गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖