• Tuesday 6th of October 2026

कमेडी च्याम्पियनका विशाल भण्डारी पक्राउ


  • धनकुटा खबर
  • .

कमेडी च्याम्पियनका सञ्चालक तथा चलचित्र निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन्। उनीसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्। सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ।

दुर्घटनापछि प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो। विशाल र पुजनमध्ये कसले गाडी चलाएको निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।

गाडीको अगाडि सिटमा विशाल र पुजन थिए। तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन्। कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖