• Tuesday 6th of October 2026

पाँच महिनाको गर्भवतीले यौनसम्पर्क गर्न मिल्छ ?


  • धनकुटा खबर
  • .

म विवाहित महिला हुँ। गर्भवती भएको पाँच महिना भयो। श्रीमान्सँग नियमितजसो यौन सम्पर्क भइरहेको छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

प्रायः दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्यौल हुन्छ। यस विषयमा परामर्श लिन अप्ठ्यारो मान्ने भएकाले उनीहरू वास्तविकताबाट वञ्चित हुन्छन्। अरू अवस्थामा भन्दा गर्भावस्थामा यौन सम्पर्क राख्दा केही सावधानी अपनाएमा यौन आनन्द लिन सकिन्छ।

गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ। केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ। त्यतिबेला महिलाको पेट बढ्ने, वाकवाकी लाग्ने, बारम्बार पिसाब लागिरहने आदि हुनाले यौनप्रति त्यति चाहना हुँदैन। गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन। त्यतिबेला गर्भपात हुन सक्ने खतरा हुन्छ। त्यस्तै, सात महिनापछि पनि यौन्ा सम्पर्क राख्नु हुँदैन। यतिबेला बच्चाको तौल बढ्ने र हाडहरूको विकास पनि तीव्र रूपमा भइरहेको हुन्छ।

तीन महिनादेखि सात महिनाका बीचमा बच्चालाई असर नपुर्‍याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ। महिला माथि र पुरुष तल बसेर गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन गर्भवती महिलालाई लाभप्रद हुनसक्छ। यस बेला कन्डमको प्रयोग गरेर यौन सम्पर्क राख्दा भ्रूणमा इन्फेक्सन हुन दिँदैन। योनीबाट रगत बग्ने, तल्लो पेट दुख्ने आदि भएमा यौन सम्पर्क तत्काल रोक्नुपर्छ। सरसल्लाह एवं समझदारीमा मात्र यौन सम्पर्क राख्नुपर्छ। यस बेला पुरुषले सावधानीपूर्वक यौन सम्पर्क राख्नुपर्छ। उत्तेजनामा आएर ख्याल नगरी कदापि सम्बन्ध राख्नुहुँदैन। पुरुष कुनै पनि हालतमा सभ्भोग गर्ने मनस्थितिमा प्रस्तुत भयो भने बच्चालाई चोट पुगेर गर्भ तुहिन पनि सक्छ। गर्भावस्थामा उत्तेजनामा आएर मुख मैथुन, गुदा मैथुन गर्नु राम्रो हुँदैन। सकेसम्म कम उत्तेजनामा र बढी प्रेमपूर्ण भएर यौन सम्पर्क राखेको राम्रो हुन्छ।

यदि योभन्दा पहिलेको गर्भ तुहिएको हो भने यस वर्ष चाहिँ अत्यन्त सावधानी अपनाउनुपर्छ। गर्भवती महिलाको हेरविचार गर्नुपर्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना तीन महिनादेखि सात महिनाका बीचमा पनि यौन सम्पर्क राख्नु हँुदैन। यो कुरामा अत्यन्त संवेदनशील भएर ख्याल पुर्‍याउनुपर्छ। गर्भधारणपछि पनि तुरुन्तै यौन सम्पर्क राख्नु हुँदैन। अपरेसन गरेर बच्चा जन्माएको वा योनी च्यातिएर सिजरिङ गरेको हो भने चिकित्सकको परामर्शविना यौन सम्पर्क गर्नु हुँदैन।

गर्भावस्थामा यौन सम्पर्क राख्न नपाउँदा श्रीमान्–श्रीमतीबीच फाटो आउन पनि सक्छ। यतिबेला श्रीमान्को भूमिका महŒवपूर्ण हुन्छ। श्रीमान्ले श्रीमतीको नियमित सरसफाइ, स्वास्थ्य परीक्षण, सन्तुलित भोजनमा ध्यान पुर्‍याउनुपर्छ। धेरैजसो महिला प्रसवको बेला सम्झेर चिन्तित हुने गर्छन्। चिन्ताले स्वास्थ्यमा प्रतिकूल असर पार्छ। त्यसबेला उनीहरूलाई सकारात्मक विचारको आवश्यकता धेरै हुन्छ। गर्भावस्थामा आमा र बच्चाको शरीरमात्र नभएर मन, भावना पनि गाँसिएको मनोवैज्ञानिक बताउँछन्। यस्तो अवस्थामा आमाले गरेका, सोचेका कुरा बच्चाको मस्तिष्कमा स्मृतिको रूपमा रहने हुँदा सकारात्मक सोच राखेमा र काम गरेमा फाइदा पुग्छ।

-डा. सुबोधकुमार पोखरेल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖